News Portal

  • नेपाली बिशेषताको समाजबाद भनेको जनताले चाहेको बैज्ञानिक समाजबाद हो।:-विषम सी

    जनगर्जन संवाददाता२०८१ बैशाख २८
    २५१ पटक

    कपिलवस्तु / नेपाल कम्युनिष्ट पार्टीको कपिलवस्तु जिल्ला समितिको पहिलो बैठक कपिलवस्तुमा सम्पन्न भएको छ
    बैठकलाई सम्बोधन गर्दै नेकपाको स्थायी समिति सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज विषम सीले समाजबादका लागि उत्पादनमा जोडिन आवस्यक छ भन्दै दलाल पुँजिबादकाे अन्त्य नभए सम्म नेपालकाे राष्ट्रिय स्वाधिनता र देशकाे सम्बृदि हुदैन । बिदेश पलायन हुनबाट युवाहरुलाई राेक्न नेपालमै रोजगारको सृजना हुनुपर्छ तबमात्र समाजबादमा संभव भएकाेले सम्पुर्ण युबाहरु नेपालि बिषेशताकाे समाजबाद ल्याउन महत्ब पुर्ण भुमिका खेल्न आब्हान गरेका छन ।जहाँ समाजबाद छ त्यहाँको जनता अनुशासित रहेको हुन्छ ।

    पछिल्लो विकसित परिस्थितिसँगै पार्टीको काँधमा महत्वपूर्ण जिम्मेवारी आइपुगेको र देशभक्त जनताहरु, राष्ट्रभक्त कम्युनिष्टहरु नेकपाप्रति आशा र भरोसा गरेको बताउँदै यो जिम्मेवारी पूरा गर्ने भन्नेबारे गम्भीर बन्न जरुरी रहेको बताए । युवा र पाकालाई जोडेर जाने हो भने होस जोस दुबै हुन्छ। देशको जिम्मेवारी भनेको अहिले युवा पुस्ताको काधमा आएको छ तसर्थ युवाको जोस नै देशको मुहार फेर्ने क्रान्ती हो ।क्रान्ति गर्ने भनेको बस्तुलाई पुर्ण रुपमा रुपान्तरण गर्ने हो ।
    यसैमा उनले भनेका छन जिल्ला कमिटी भनेको जिल्लाको महत्त्वपूर्ण भाग हो जसले वरिपरि रहेका भागहरुको रेखदेख गर्दछ त्यसैले जिल्ला मजबुत बनाउन जिल्ला कमितिकोब मुख्य जिम्मेवार रहेको बताएका छन। पार्टीको योजनामा निरास कहिल्यै हुनुहुदैन यदि निरास जो मान्छे हुन्छ त्यो मान्छे एक दिन पलाएन हुन्छ ।

    पार्टीको स्थायी सदस्य लुम्बिनी प्रदेश इन्चार्ज विषम सी
    युवा र पाकालाई जोडेर जानेहो भने होस जोस दुबै हुन्छ।
    क्रान्ति गर्ने भनेको बस्तुलाई पुण रुपमा रुपान्तरण गर्ने हो
    जिल्ला कमिटी भनेको मध्यभागको जिम्मेवार रहेको बताउनु भएको छ। पार्टीको योजनामा निरास भएकोमान्छे एक दिन पलाएन हुन्छ।
    यसै क्रममा पार्टीले आत्मगत र बस्तुगत परिस्थितिको सहि निर्णय लिन सकेन भने पार्टी सकिन सक्छ त्यसैले यो कुराहरुलाई आत्मसाथ गर्दै पार्टीको बिधानमा टेकेर संसदीय व्यवस्था भत्काउन सक्नुपर्छ ।

    पार्टीले सबैलाई दृश्य गरेर चुनाब बहिष्कार हैन प्रयोगमा जाने तर आफ्नो मत सहि ठाउमा दिने निर्णयलाइ सबैले सहि रुपमा अवलम्बन गरि एउटा शक्ति चुनाबमा गएर जनताको सेवा गर्ने कुरामा जोड दिएका छन।

    प्रतिकृया दिनुहोस्