News Portal

पूर्व राष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता, बजेट र राजनीति विषयमा छलफल

जनगर्जन संवाददाता२०८२ आषाढ २२
११३ पटक

काठमाडौं । पूर्व राष्ट्रपति विद्या भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटवार्ता गरेकी छन्। बिहीबार करिब आधा घण्टा चलेको उक्त भेटमा काठमाडौं महानगरपालिकाको बजेटलगायत समसामयिक विषयमा छलफल भएको स्रोतले जनाएको छ।

बालेन शाहको सचिवालय स्रोतका अनुसार पूर्व राष्ट्रपति भण्डारीले केही समयदेखि नै बालेनलाई भेट्न चाहिरहेकी थिइन्। “राजनीतिक विषयमा पनि कुराकानी भएको भन्ने जानकारी प्राप्त गरेका छौं,” स्रोतले भन्यो।

भेटको औपचारिक विवरण सार्वजनिक नगरिए पनि यो भेटलाई राजनीतिक र प्रशासनिक सन्दर्भमा अर्थपूर्ण मानिएको छ।

प्रतिकृया दिनुहोस्