
काठमाडौ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता तथा कार्यकर्ताहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरेका छन्।
प्रधानमन्त्री निवासको मुख्य गेटअघि शुक्रबार बिहान आयोजित प्रदर्शनमा उनीहरूले “नालायक सरकार मुर्दावाद”, “शैक्षिक माफिया होशियार” लगायतका नारा लगाउँदै वर्तमान सरकारको विरोध जनाए।
प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले शिक्षा क्षेत्रमा देखिएको अनियमितता, सरकारको अकर्मण्यता र शैक्षिक माफियासँगको मिलेमतोविरुद्ध आक्रोश व्यक्त गरेका थिए।
प्रदर्शनकारीलाई नियन्त्रणमा लिन पुगेको नेपाल प्रहरीले केही नेविसंघका नेता तथा कार्यकर्तालाई पक्राउ गरी भ्यानमा हालेर नियन्त्रणमा लिएको छ। प्रदर्शनको क्रममा केही बेर ट्राफिकसमेत प्रभावित भएको थियो।
यस विषयमा प्रहरीले आधिकारिक प्रतिक्रिया दिएको छैन भने नेविसंघले सरकारको गलत नीतिविरुद्ध आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।
