News Portal

नाउपाले समर्थन फिर्ता, सभामुखलाई जानकारी

राज्यमन्त्री अरुण चौधरीको राजीनामा, प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने

जनगर्जन संवाददाता२०८२ आषाढ २२
२२ पटक

काठमाडौँ । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । अध्यक्ष श्रेष्ठले आज संघीय संसदका सभामुख देवराज घिमिरेलाई भेटेर समर्थन फिर्ताको जानकारी गराएकी हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा आफ्ना मन्त्री बर्खास्त भएपछि नाउपा पहिल्यै प्रतिपक्षी बनेको थियो । सोही निर्णयको निरन्तरतास्वरूप अब केन्द्र सरकारबाट पनि बाहिरिने निर्णय पार्टीले गरेको हो ।

नाउपाका तर्फबाट पर्यटन राज्यमन्त्री रहेका अरुण चौधरीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् ।

संविधानको प्रावधानअनुसार समर्थन फिर्ता लिएपछि अब प्रधानमन्त्री ओलीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्नेछ ।

प्रतिकृया दिनुहोस्