
बाँके, सिटी युथ क्लबको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जको सहकार्यमा कोहलपुरमा आयोजना गरिएको १५ दिने प्रशिक्षण तथा नकआउट प्रतियोगिता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम अन्तर्गत १५ दिनको प्रशिक्षण पश्चात ५ दिन सम्म प्रतियोगिता सञ्चालन गरिएको थियो, जसमा कोहलपुर क्षेत्रका सामुदायिक र संस्थागत गरि ९ वटा विद्यालयको सहभागिता रहेको थियो।
क्लबका अध्यक्ष युबराज शाहीको सभा अध्यक्षता मा भएको प्रतियोगिता लुम्बिनी प्रदेश सभा सदस्य माननीय दुर्गा प्रसाद चौधरीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो। आज भएको फाइनल खेलमा जीवन ज्योति स्कुलले प्रथम स्थान प्राप्त गर्दै नगत रु ५० हजार मेडल साथै शिल्ड प्राप्त गर्न सफल भयो , उप विजेता बन्न सफल भएको ज्ञान ज्योति माध्यमिक विद्यालय,चप्परगौडीले नगत ३० हजार मेडल साथै शिल्ड प्राप्त गरेको थिय , भने तेस्रो स्थान प्राप्त गर्न सफल भएको गोर्खा युनाइटेड पब्लिक सेकेन्डरी स्कुलले नगत १५ हजार मेडल साथै शिल्ड प्राप्त गरेका हुन।
प्रतियोगितामा विभिन्न बिधामा उत्कृष्ट प्रदर्शन गर्ने ३ जना खेलाडीलाई जनही ५/५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।
प्रतियोगिता कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरका DSP लक्ष्मी खनाल, बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पुष्कर पन्त, कोहलपुर नगरपालिका वडा नं. २ का अध्यक्ष हरि कठायत ,अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय सदस्य भोजराज शाहि विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
प्रतियोगिता कार्यक्रममा उपस्थित अतिथिहरूलाई माया को चिनो प्रदान गरिनुका साथै माननीय दुर्गा चौधरी, DSP लक्ष्मी खनाल र ट्राफिक प्रमुख पुष्कर पन्तलाई विशेष सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो।
कार्यक्रम क्लबका महासचिव दिनेश राज न्यौपानेले संचालन गर्नु भएको थियो।