News Portal

काठमाडौं उपत्यकामा नयाँ मौसमी प्रणाली सक्रिय, मेघगर्जनसहितको वर्षाप्रति सतर्कता आग्रह

जनगर्जन संवाददाता२०८२ आषाढ २२
१३ पटक

काठमाडौं । काठमाडौं उपत्यका तथा वरपरका जिल्लामा नयाँ मौसमी प्रणाली सक्रिय बनेपछि मेघगर्जन, चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोक आसपासबाट सुरु भएको प्रणाली अहिले काठमाडौं उपत्यकाको उत्तर र उत्तर–पूर्व क्षेत्र हुँदै दक्षिणतर्फ फैलिँदै गएको छ।

मौसमविद् गोविन्द झाका अनुसार, “नयाँ मौसमी प्रणालीको प्रभावले काठमाडौं, भक्तपुर र सिन्धुपाल्चोक आसपासका क्षेत्रमा मेघगर्जन, चट्टयाङसहित वर्षा भइरहेको छ। प्रणाली अझै दक्षिणतर्फ विस्तार हुने क्रममा रहेकोले सतर्क रहनु आवश्यक छ।”

महाशाखाले आइतबार राति एक सूचना जारी गर्दै स्थानीय बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ। विशेषगरी अत्यधिक मेघगर्जन र चट्टयाङको जोखिम रहने भएकाले सुरक्षित स्थानमा रहन र आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।

प्रतिकृया दिनुहोस्