News Portal

मायादेवी गाउँपालिकाका कर्मचारी आन्दोलित : तलब र तह मिलानमा विभेदको आरोप

जनगर्जन संवाददाता२०८२ आषाढ १३
३९ पटक

कपिलवस्तु  । मायादेवी गाउँपालिका, पकडीका कर्मचारीहरू तलब वृद्धि र तह मिलानको माग गर्दै आन्दोलनको तयारीमा छन्। उनीहरूले हालै लागू भएको स्थानीय निजामती सेवा ऐन २०८१ र नियमावली २०८१ अनुसार सबै कर्मचारीको समान रूपले तलब तथा तह समायोजन हुनुपर्ने माग राखेका छन्।

कर्मचारीहरूको गुनासो छ— गाउँपालिकाले कर्मचारी विवरण संकलन गरेर तह मिलान प्रक्रिया थालेको भए पनि केही कर्मचारीलाई मात्र सुविधा दिइएको छ। बाँकी कर्मचारी न तह मिलानमा परेका छन्, न तलब वृद्धिमा। यस्तो कार्यशैली विभेदपूर्ण र अपारदर्शी भएको उनीहरूको आरोप छ।

उनीहरुले अहिले तीन चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
कर्मचारीहरूले एकजुट हुँदै गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै तीन चरणमा आन्दोलन गर्ने निर्णय लिएका हुन ।

पहिलो चरण:  असार १६ गतेदेखि कालोपट्टी बाँधी कार्यस्थलमा काम ।दोस्रो चरण: असार १७ गतेदेखि “पेन डाउन” गर्दै सम्पूर्ण कामकाज ठप्प गर्ने।

तेस्रो चरण:  असार १८ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष घेराउ ।

कर्मचारीहरूले असार १५ गतेभित्र समस्या समाधान नगरे आन्दोलन चर्काउने चेतावनी दिएका छन् साथै तह मिलान र तलब वृद्धि भएकाहरूको विवरण सार्वजनिक गर्न माग गरेका छन्। तह समायोजन नभएकाहरूलाई तत्काल प्रक्रिया अगाडि बढाउन उनीहरूको जोडदार माग रहेको छ।

गाउँपालिकाभित्र विभेदपूर्ण व्यवहार मौलाउँदै गएकोप्रति असन्तुष्टि व्यक्त गर्दै कर्मचारीहरू आन्तरिक कार्यव्यवस्थाप्रति पनि शंका व्यक्त गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्