News Portal

नाउपा सरकारबाट बाहिरिने, राज्यमन्त्री चौधरी राजीनामा दिने तयारीमा

जनगर्जन संवाददाता२०८२ आषाढ २२
१२२ पटक

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संघीय सरकारबाट बाहिरिने निर्णय गरेको छ। हिजो (शनिबार) बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय लिएको हो।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार नाउपाबाट सरकारमा सहभागी राज्यमन्त्री अरुणकुमार चौधरीले राजीनामा दिने तयारी गरेका छन्। उनले आगामी असार २३ गते बस्ने संसद् बैठकदेखि नाउपा प्रतिपक्षमा बस्ने जानकारी दिइन्।

सुदूरपश्चिम प्रदेश सरकारमा आफ्नो पार्टीको मन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पदमुक्त गरेपछि नाउपा असन्तुष्ट बनेको थियो। त्यसको प्रतिक्रियास्वरूप नाउपाले संघीय सरकारबाट बाहिरिने निर्णय लिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्