News Portal

बिद्यार्थी बोकेको बस दुर्घटनामा

शेर बहादुर विश्वकर्मा२०८१ साउन १४
२६२ पटक

पोखरा । विद्यार्थी बोकेर आउँदै गरेको स्कुल बस दुर्घटनामा परेको छ ।

पोखरा महानगरपालिका २१ फुर्सेखोलाको घुम्तीमा एलपी देवकोटा मेमोरियल इंग्लिस स्कुलको बस दुर्घटना भएको हो ।

कास्की प्रहरीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माका अनुसार बसमा २२ विद्यार्थी, चालक र सहचालक गरि २४ जना सवार थिए । यो विद्यालय बिरौटामा छ । विद्यार्थी लिएर आउँदै गरेको ग १ क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ ।

घाइते विद्यार्थीेको उद्धार गरेर गण्डकी मेडिकल कलेज पृथ्वीचोक ल्याइएको छ । विस्तृत विवरण आउन बाँकी…..

प्रतिकृया दिनुहोस्