News Portal

हुम्लाको चुवा खोलामा नवनिर्मित बेलीब्रिज प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

जनगर्जन संवाददाता२०८२ आषाढ २२
१२२ पटक

काठमाडौं । कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका–२ स्थित चुवा खोलामा नवनिर्मित बेलीब्रिजको आइतबार उद्घाटन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त बेलीब्रिजको औपचारिक उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रम बिहान ११ बजेका लागि तय गरिएको भए पनि मौसम प्रतिकूलताका कारण प्रधानमन्त्रीको हुम्ला यात्रा केही ढिलो भएको थियो। विशेषगरी सुर्खेत–कालिकोट खण्डमा खराब मौसमका कारण उडान प्रभावित भएपछि कार्यक्रम निर्धारित समयभन्दा पछि सुरु गरिएको थियो।

चुवा खोलामा निर्माण गरिएको बेलीब्रिज कर्णाली कोरिडोरको यातायात सुगम बनाउन महत्वपूर्ण मानिएको छ। बेलीब्रिज निर्माणपछि स्थानीय बासिन्दा, व्यापारी तथा यात्रुहरूलाई सडक आवागमनमा सहजता मिल्ने अपेक्षा गरिएको छ।

सरकारको भौतिक पूर्वाधार विकास अभियान अन्तर्गत निर्माण गरिएको यस बेलीब्रिजले दुर्गम हुम्लाको यातायात पूर्वाधारमा ठुलो टेवा पुर्‍याउने अधिकारीहरूको भनाइ छ।

प्रतिकृया दिनुहोस्