News Portal

  • रोपाईं उत्सव मनाउन पुगे खोकना महानायक राजेश हमाल

    जनगर्जन संवाददाताबिहिवार ,असार १५,२०८१
    ८९ पटक

    काठमाडौं । २१ औ राष्ट्रिय धान दिवसको अवसरमा शनिबार अभिनेता राजेश हमालसहितको टोलीले ललितपुरको खोकनामा रोपाईं उत्सव मनाएको छ ।

    क्रान्तिकारी कृषि युद्ध (Raw) नामक कृषि रियालिटी सोले आयोजना गरेको  उत्सवमा हमाल सहितको टोलीले  किसानहरुसँगै खेत पनि रोपे ।

    धान दिवसकै अवसर पारेर उक्त रियालिटी सो का लागि आवेदन पनि आह्वान गरिएको छ । रियालिटी सो का लागि व्याबसायिक किसान र बीएससी एजी वा सो सरह अध्ययन गरेका विद्यार्थीहरुले आवेदन दिन सक्नेछन् ।

    कार्यक्रममा विभिन्न १६ वटा विषयगत एपिसोडहरु हुने र सहभागीको प्रस्तुतिलाई निर्णायकहरुको प्यानलले मूल्यांकन गर्ने क्रान्तिकारी कृषि युद्धका सागर भट्टराईले जानकारी दिएका छन् । निर्णायकहरुको प्यानमा कृषि मन्त्रालयका पूर्वसचिव डा. योगेन्द्रकुमार कार्की कृषि अर्थशास्त्री डा. नम्रता पाण्डे र अन्य विषयविज्ञ रहनेछन् ।

    कार्यक्रमको विजेता कृषक तथा प्राविधिकले कम्तीमा १० लाख नगद र अन्य सामग्री पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्