News Portal

प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित गृहजिल्ला झापा पुगे

जनगर्जन संवाददाता२०८२ आषाढ २८
३५ पटक

झापा । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज आफ्नो गृहजिल्ला झापा पुगेका छन्। उनी झापाको चन्द्रगढी विमानस्थलमा ओर्लिएलगत्तै एमालेका शीर्ष नेताहरूले भव्य स्वागत गरेका हुन्।

प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्य पनि साथमा झापा पुगेकी छन्। प्रधानमन्त्री ओली आज र भोलि झापा र इलाममा रहने कार्यक्रम तय गरिएको एमाले स्रोतले जनाएको छ।

चन्द्रगढी विमानस्थलमा ओली दम्पतीलाई स्वागत गर्न एमाले कोशी प्रदेश इञ्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राई, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायत नेताहरू उपस्थित थिए।

प्रधानमन्त्री ओलीले भोलि (शनिबार) इलामको कार्यक्रममा सहभागी हुने छन्। भ्रमणको क्रममा उनले स्थानीय नेता–कार्यकर्तासँग भेटघाट गर्ने, पार्टी गतिविधि मूल्यांकन गर्ने र संगठन सुदृढीकरणबारे छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।

प्रधानमन्त्रीको यो भ्रमणलाई एमालेले आगामी राजनीतिक दिशा निर्धारण गर्ने अवसरका रूपमा लिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्