जनगर्जन संवाददाता२०८२ आषाढ २९

दाङ । दाङमा जबरजस्ती करणी गरेको अभियोगमा एकजना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
तुलसीपुर उपमहानगरपालिका–७ भुह्यारथानमा डेरा गरी बस्ने रुकुम पश्चिम चौरजहारी नगरपालिका–११ घर भएका ३५ वर्षीय वीरबहादुर वलीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
उनले ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ।
हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
