News Portal

धान भित्र्याउनमा व्यस्त युवा संगठन नेपाल

विष्णु विश्वकर्मा२०८१ कार्तिक २
४७३ पटक

कैलाली । युवा संगठन नेपाल केन्द्रिय समितिको कैलालीमा रहेको उत्पादनमा आज धान काट्ने कार्य सम्पन्न भएको छ ।

संगठनका केन्द्रीय अध्यक्ष दिनेश सीको नेतृत्वमा धान कटाई सम्पन्न भएको हो। उक्त धान काट्ने कार्यमा सुदुरपश्चिम प्रदेश इन्चार्ज तथा संगठनका सचिवालय सदस्य शुशिल सी, सचिवालय सदस्य एवं कैलाली जिल्ला इन्चार्ज इन्द्र सी, केन्द्रिय सदस्यहरुमा हिमाल सी,रीम सी,यम सी लगायतका अन्य नेताहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

कैलालीमा संगठनले करिब २ विगाहा जमिनमा धान खेति गरेको छ भने संगठनले देशै भरी करिव ५ विगाहा जमिनमाधान तथा कोदो खेती गरिएको संगठनका अध्यक्ष दिनेश सीले बताएका छन ।

प्रतिकृया दिनुहोस्