News Portal

नेकपाका प्रकक्ता प्रकाण्ड सी द्धारा बाँकेमा कृषि उत्पादनको अवलोकन

अहिले १२ विगाह जमिन पार्टीले लिजमा लिएको हो । नेकपाले गत असारको धानवाली करिव ६ विगाह जमिनमा रोपेको थियो भने करिव १०० क्वईन्ट वढी धान उत्पादन गरेको थियो । अहिले भने थप ६ विगाह जग्गा नेकपाले वढाएको छ ।

वसन्त वि. क.२०८१ पौष ११
३५ पटक

११ पुस, बाँके । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले बाँकेको कृषि उत्पादनको अवलोकन गर्नु भएको छ ।

बुधवार पार्टीका प्रवक्ता प्रकाण्डले जिल्लाको खजुरामा संचालन गरिएको १२ विगाह जमिनको कृषि उत्पादनको अनुगमन गर्नु भएको हो ।

नेकपाको केन्द्रीय उत्पादन विभागले खजुरामा करिव १२ विगाह जग्गा लिज्मा लिएर कृषि क्रान्ति गरिरहेको छ । नेकपाका केन्द्रीय सदस्य विराट सीको नेतृत्वमा उत्पादनको काम यसैवर्षबाट सुरु भएको हो ।

उत्पादनको जिम्मेवारी लिनुभएका विराट सीका अनुसार अहिले १२ विगाह जमिन पार्टीले लिजमा लिएको हो । नेकपाले गत असारको धानवाली करिव ६ विगाह जमिनमा रोपेको थियो भने करिव १०० क्वईन्ट वढी धान उत्पादन गरेको थियो । अहिले भने थप ६ विगाह जग्गा नेकपाले वढाएको छ ।

नेकपाले बाँकेलाई कृषि क्षेत्रकै नमुना उत्पादन बनाउने लक्ष्य राखेको छ । पार्टीका प्रवक्ता प्रकाण्ड सीले बाँकेलाई आधूनिक मोडलमा कृषि उत्पादन गर्ने वचन दिनु भएको छ ।
पार्टीलाई आत्मनिर्भर बनाउन र समाजवादी क्रान्तिको सुरुवात उत्पादनवाट पनि गर्न पार्टी उत्पादनको काममा लागेको नेकपाको दावी छ ।

पार्टीका प्रवक्ता प्रकाण्डले खजुरा पुगेर आलुखेतीको अवलोकन गर्दै उत्पादनमा पार्टीको पुरा साथ रहने प्रतिवद्धता जनाउनु भएको छ । उत्पादनको अवलोकनसंगै प्रवक्ता प्रकाण्ड सी २ दिन कोहलपुरमा राजनीतिक भेटभाटमा पनि व्यस्त हुनु भयो । उहाँ आजै सुर्खेत प्रस्थान गर्नु भएको छ ।

सुर्खेतमा राजनीतिक भेटघाटमा २ दिन समय विताउने नेकपाले जनाएको छ । राजनीतिक भेटघाटपछि उहाँ सिधै काठमााडौं फर्किनुहुनेछ ।

प्रतिकृया दिनुहोस्