News Portal

किसानसङ्ग विप्लव कार्यक्रम कैलालीको घोडाघोडीमा सम्पन्न

शेर ब •बिश्वकर्मा २०८२ जेठ २
७८ पटक

पहलमानपुर । जिल्लाको घोडाघोडी नगरपालिका वडा न ९ मा किसानसङ्ग विप्लव कार्यक्रम सम्पन्न भएको छ। शुक्रवार
आयोजित उक्त कार्यक्रममा नेकपा महासचिव विप्लवले स्थानीय किसानसङ्ग सम्बाद गरेका छन् ।

देशको कृषि प्रणाली, स्थानीय किसानका समस्या र कृषि क्षेत्रलाई कसरी राम्रो गर्न सकिन्छ भन्ने उदेश्यले आयोजना गरेको कार्यक्रममा किसानको तर्फबाट प्रतिनिधित्व गर्दै बोल्ने अगुवा किसानहरुले आफ्ना अनुभव , भोगाइ र राज्यको गलत नीतिका कारण जनताले के कसरी दुख पाइरहेका छन् भन्नेबारे धारणा राखेका थिए।

युवा किसान अगुवा राजेश चौधरीले आफूले उत्पादन गरेको कृषि उत्पादन आफैले मूल्य निर्धारण गर्न नपाएको भन्दैबजारमा व्यापारीले किसानले उत्पादन गरेको बस्तुको मूल्य निर्धारण गर्ने स्थिति रहेको बताए ।उनले किसानले मल बिउको सुबिधा नपाएको र पाएकोमा पनि दलाली भैरहेको गुनासो सुनाए।

किसान अगुवा गगनसिंह बटालाले अहिले सम्म
विभिन्न पार्टी आए, उनिहरु भोट माग्न आए तर किसानको लागि कृषि क्रान्ति गर्नुपर्छ भनेर बिप्लव आएकोमा खुशी लागेको बताए ।उनले देश कृषि प्रधान भनिएको छ तर किसानले समयमा सिचाइ बिउ, मल र बिषादी जस्ता कुराहरू पाइरहेका छैनन भन्दै कृषि क्रान्तिको बाटो लिने पार्टी र नेतालाई साथ सहयोग रहने धारणा राखे।

तुलसीपुर सामुदायिक वनका अध्यक्ष एव कृषक गोरख बहादुर सिंहले किसानको हक, हित र व्यवसायको लागि नेपाल कम्युनिस्ट पार्टीले कृषि कर्म गरेकोले यसप्रति सम्मान र साथ रहने बताए।
कृषक खडक बहादुर बुढाले देशलाई कृषि प्रधान भन्ने गरिएको छ तर जनताको दैनिक जीवन आयातित कृषि वस्तुमा परनिर्भर हुँदै गएको उल्लेख गर्दै समस्यालाई राज्यले ठोस नीति बनाएर सम्बोधन गर्न नसकेको बताए ।उनले सबैले कृषिको कुरा मात्रै गरे तर नेकपाले कृषिलाई व्यबहारमा नै कार्यान्वयन गर्न खोजेको भन्दै अनुदानको नाममा भ्रष्टाचार र कमिशनको जालोबाट समाजलाई मुक्त गर्नुपर्ने बताए ।

दिगो बहुउद्देश्यीय सहकारीका पुष्कलबहादुर वमले मन्तव्य राख्ने क्रममा जसले कृषि गर्दैन , जसले पशुपालन गर्दैन उसैले अनुदान पाउने गरेको बताए ।

शिक्षक एवम् अगुवा किसान मानबहादुर रावलले नेपाल कम्युनिस्ट पार्टीले सुरु गरेको रतिपुर कृषि उत्पादन केन्द्रको कामबाट यहाँका किसानहरु कृषि काममा उत्प्रेरित गरेको भन्दै अहिले किसानहरु कृषि काममा लाग्न थालेको बताए । उनले यहाँको मुख्य समस्या बजारीकरण भएको, कृषि उत्पादन पनि उचित मूल्य नपाउने,समयमा मुल्य नपाउने जस्ताकुराले किसानहरु आजित हुनुपरेको अनुभव सुनाए।
उनले रतिपुर क्षेत्रमा निम्न र सिमान्त किसान बसोबास गर्ने किसानको बाहुल्यता भएकोले उनिहरुको अभाव र सिमालाई समेत बिचार गरि कृषि काममा प्रेरित गर्नुपर्ने बताए ।

कार्यक्रममा रतिपुर उत्पादन केन्द्रका प्रमुख डबल बहादुर सी (भगतसिंह)ले पछिल्लो दुई बर्षमा स्थानीय जनताको श्रम बापत १३ लाख जति पैसा प्रबाह गरेको र यसले उनीहरुको आर्थिक क्षमता वृद्धि बिकासमा सहयोग पुर्‍याएको बताए।

किसान महासंघका मानबहादुर चौधरीले बिउ, मल प्रबिधिको अभाव र सहि प्रयोगको कमीको कारण कृषिलाई नाफामा लैजाने चुनौती रहेको बताए ।मन्तव्यको क्रममा उनले भारतबाट आउने कृषिजन्य बस्तुसङ्गको बजार प्रतिस्पर्धाका कारण स्थानीय किसान जहिल्यै जोखिममा रहेको बताए ।अब रासायनिक भन्दा पनि जैविक खेतीमा जोड गर्नुपर्ने बेला आएको उनको भनाइ थियो।

त्यस्तै वडा अध्यक्ष हरिचन्द्र शाह नेपाल कम्युनिस्ट पार्टी र यसका नेताकार्यकर्ताको कृषि उत्पादन सम्बन्धि काम सबैले सिक्नुपर्ने भएको भन्दै रतिपुर उत्पादन केन्द्रले गरेको काम किसानलाई प्रभावित गर्ने खालको रहेको बताए ।

नेपाल कम्युनिस्ट पार्टी कृषि उत्पादन बिभागद्वारा आयोजित उक्त कार्यक्रममा नेकपा सुदूरपश्चिम इन्चार्ज भरत सी, पोलिटब्युरो सदस्य विकल्प सी, केन्द्रीय सदस्य समर सी, कैलाली जिल्ला इन्चार्ज प्रकाश सी, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा लगायत विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो।डबल बहादुर सी भगतसिंहको अध्यक्षता एवम् सञ्चालनमा गरिएको कार्यक्रममा भुवनजङ्ग शाहले मन्तव्यद्वारा स्वागत गरेका थिए।

प्रतिकृया दिनुहोस्