News Portal

  • अखिल (समाजवादी) गण्डकीको पुर्ण प्रथम बैठक सम्पन्न

    जनगर्जन २०८१ जेठ २२
    १३७ पटक

    कास्की / अखिल (समाजवादी) गण्डकी प्रदेश समितिको प्रथम पूर्ण बैठक सोमबार कास्कीको पोखरामा सम्पन्न भएको छ।

    कास्कीको पोखरामा बसेको बैठकलाई सम्बोधन गर्दै नेकपाका स्थायी समिति सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज उमा सी (शिलु) ले बैठक सहजीकरण गरेकी छन । प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता शिलुले समाजको सबैभन्दा शिक्षित वर्ग विद्यार्थी हुने र विद्यार्थीले समाजवादबारे सकारात्मक बहसको सिर्जना गर्ने बताइन् । उनले नेपालमा पछिल्लो समय विद्यार्थी पलायनता डरलाग्दो दरमा बढेको भन्दै यसको रोकथामको लागि राज्यले उचित पहल गर्न नसकेको टिप्पणी गरिन्, उनले विद्यार्थीलाई अवसर सिर्जना गर्ने उपयुक्त व्यवस्था भनेको नेपाली विशेषताको समाजवाद रहेको विषय जोड दिएकी थिइन् ।

    यस्तै बैठकमा नेकपाका पोलिट ब्युरो सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज विप्लव सीले नेपालको शिक्षा प्रणाली खर्चिलो भएको भन्दै विद्यार्थी सङ्गठनले यसबारे सङ्घर्ष अगाडि बढाउनुपर्ने बताए ।
    विद्यार्थी आन्दोलनले प्राप्त गरेका उपलब्धीहरु समेत गुम्दै गएको भन्दै नेता विप्लवले विद्यार्थीहरुका हक र हितका निम्ति सङ्गठन जागरुक हुनुपर्ने बताएका थिए ।

    यस्तै बैठकमा पार्टीका पोलिट ब्युरो सदस्यद्वय आजाद सी र आस्था सी, पार्टीका केन्द्रीय सदस्य एव गोर्खा इन्चार्ज कपिल सी, कार्यालय सचिव विकिरण सी, स्याङजा इन्चार्ज पुर्णजित सी, पर्वत इन्चार्ज सुशिला सी लगायतका नेताहरुको विशेष उपस्थिति रहेको थियो ।

    अखिल (समाजवादी) का गण्डकी प्रदेश इन्चार्ज प्रकाश सीको अध्यक्षतामा बसेको बैठकले विभिन्न महत्वपुर्ण निर्णयहरु समेत गरेको छ ।

    बैठकले स्ववियु हुने क्याम्पस तथा कलेजहरुमा बाँकी रहेको सङ्गठन विस्तारको काम अगाडि बढाउने, विद्यार्थीका मागहरु राख्दै विभिन्न कलेजहरुमा ज्ञापनपत्र बुझाउने, नेपाली विशेषताको समाजबादबारे बहस तथा खुला अन्तरक्रिया गर्ने, उत्पादनको कामलाई अगाडि बढाउने र सङ्गठन सुदृढीकरणको लागि अभियान सन्चालन गर्ने एवं विभिन्न जिल्लाहरुमा कार्यविभाजन लगायतका निर्णयहरु गरेको प्रदेश इन्चार्ज प्रकाश सीले जानकारी दिए ।
    गत अधिवेशनबाट अखिल (क्रान्तिकारी) रहेको विद्यार्थी सङ्गठनको नामलाई परिवर्तन गरि अखिल (समाजवादी) नामाकरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्