News Portal

स्रोत नखुलेको ४२ लाखभन्दा बढी रकमसहित एक जना पक्राउ

जनगर्जन संवाददाता२०८२ बैशाख १४
५३ पटक

कपिलवस्तु, २०८२ वैशाख १४ । जिल्ला कपिलवस्तु, शिवराज नगरपालिका वडा नं. ५ ग्यालेक्सीटोलमा स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँसहित एक जना व्यक्तिलाई पक्राउ गरिएको छ।

गोप्य सूचनाका आधारमा वि.प्र.का. चन्द्रौटा कपिलवस्तुबाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा प्रहरी टोली खटिएको थियो। टोलीले भारत, बलरामपुर जिल्ला, तुल्सीपुर ठाना, सोनपुर ग्राम, तहसिल तुल्सीपुर घर भएका करिब २२ वर्षीय शिवा पटवा भन्ने आशिष कुमारलाई शंकास्पद अवस्थामा फेला पारेर सोधपुछ गरेको थियो।

शरीर तथा उनी भाडामा बस्दै आएको कोठा रितपूर्वक खानतलासी गर्दा पैसा गन्ने मेसिन १ थान, VIVO कम्पनीको मोबाइल सेट १ थान, साथै नेपाली र भारतीय गरी जम्मा रु ४२,९०,४४४ (बयालिस लाख नव्बे हजार चार सय चौवालीस रुपैयाँ) बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका आशिष कुमारलाई वि.प्र.का. चन्द्रौटामा ल्याई थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्