News Portal

एमाले नेताहरुको दबाब : मन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्न प्रधानमन्त्री ओलीलाई सुझाव

जनगर्जन संवाददाता२०८२ आषाढ २९
१९ पटक

काठमाडौँ । नेकपा (एमाले) भित्रैबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको बर्खास्तीको माग चुलिएको छ। पार्टीका प्रभावशाली नेता तथा सांसदहरूले गुप्ताले घुस प्रकरणमार्फत सिङ्गो पार्टी र सरकारको छवि धुमिल पारेको भन्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल कारबाही गर्न सुझाव दिएका छन्।

७८ लाख रुपैयाँ घुसको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादमा तानिएका हुन्। आरोपअनुसार उनले कर्मचारी सरुवा तथा नियुक्तिका लागि घुसको ‘डिल’ गरेका थिए। उक्त अडियो सार्वजनिक भएपछि एमाले नेतृत्व र ओली सरकार नै दबाबमा परेको छ।

सरकार गठन भएको एक वर्ष पूरा हुन लाग्दा प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा छन्। त्यही बेला गुप्तामाथि भ्रष्टाचारको आरोप सतहमा आउँदा मन्त्रिपरिषद् पुनर्गठनमा थप पेचिलो मोड आएको बताइएको छ।

एमाले निकट उच्च स्रोतका अनुसार पार्टीका केही वरिष्ठ नेताहरूले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई गुप्तालाई तुरुन्त बर्खास्त गर्न लविङ गरिरहेका छन्। प्रधानमन्त्री ओली हाल गृह जिल्ला झापामा रहेका छन् र आजै साँझसम्म काठमाडौं फर्किने कार्यक्रम रहेको जनाइएको छ।

सरकारी तहमा मन्त्रालय र नियुक्तिसम्बन्धी कामको जिम्मेवारी पाएका गुप्तामाथिको आरोपले ओली नेतृत्वको सुशासन प्रतिको प्रतिबद्धतामाथि समेत प्रश्न उठाएको विश्लेषण गरिँदैछ।

प्रतिकृया दिनुहोस्