जनगर्जन संवाददाता२०८१ चैत्र २५

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज रूपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदैछ। शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई अदालतको प्रक्रिया पूरा गरेपछि आजै थुनामा पठाउने तयारी गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार लामिछानेलाई कार्यालय समय सुरु भएपछि अदालतमा पेश गरिनेछ।
सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रूपन्देहीको धरौटीमा रिहा गर्ने आदेश उल्ट्याउँदै शुक्रबार लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो। यसअघि उनलाई १ करोड धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको थियो।
लामिछानेले उक्त आदेश बदर गरी साधारण तारेखमा रिहा हुने मागसहित उच्च अदालतमा निवेदन दिएका थिए।