News Portal

कोहलपुरमा ‘अर्जुन आर्चरी’ खेलको औपचारिक उद्घाटन नगर प्रमुख पुर्ण आचार्यद्वारा सम्पन्न

जनगर्जन संवाददाता२०८२ जेठ १५
५६ पटक

कोहलपुर, बाँके — कोहलपुर नगरपालिकामा नयाँ खेल गतिविधिको सुरुवात गर्दै ‘अर्जुन आर्चरी’ नामक धनुषवाण (Archery) खेलको औपचारिक उद्घाटन नगर प्रमुख पुर्ण आचर्य विशेष समारोहबीच सम्पन्न गरेका छन्।

उद्घाटन समारोहमा नगर प्रमुख आचार्यले खेलकुदले युवामा अनुशासन, एकता र लक्ष्यप्रति समर्पणको भावना विकास गर्ने भन्दै ‘अर्जुन आर्चरी’ जस्ता नविन कार्यक्रमहरूले नगरको खेलकुद विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

‘अर्जुन आर्चरी’ खेलक केन्द्र स्थानीय युवालाई धनुषवाण खेलप्रति आकर्षित गराउने उद्देश्यले स्थापना गरिएको हो। यस अवसरमा धनुषवाण प्रदर्शन, प्रशिक्षक परिचय तथा खेल प्रशिक्षणसम्बन्धी जानकारी पनि दिइएको थियो।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, युवा क्लब, प्रशिक्षक, तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजक संस्थाले आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने लक्ष्यसहित नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

प्रतिकृया दिनुहोस्