News Portal

  • झरीका कारण तराईको जनजीवन प्रभावित (तस्वीरहरु)

    जनगर्जन संवाददाता२०८१ आश्विन ११
    ८६ पटक

    कपिल्वस्तु। शुक्रबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।  झरीका कारण तराईका जनजीवन प्रभावित भएको छ ।

    विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र  कर्णाली  प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।  देशका तराई भूभागका केही स्थानमा हुरीबतास चल्ने सम्भावना पनि  छ ।

    यसैगरी आज राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने विभागको भनाई छ ।


     

    प्रतिकृया दिनुहोस्