News Portal

रवि लामिछानेविरुद्धको राजनीतिक प्रतिशोधको विरोधमा रास्वपाको आवाज, राउटे मुखिया हस्ताक्षरमा जुटे

जनगर्जन संवाददाता२०८२ असार १४
१०६ पटक

असार,१४ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेविरुद्ध भइरहेको राजनीतिक प्रतिशोधको विरोधमा देशभर आवाज उठ्न थालेको छ। सोही सन्दर्भमा राउटे समुदायका मुखियाहरूले पनि लामिछानेप्रति ऐक्यबद्धता जनाउँदै हस्ताक्षर अभियानमा औठाछाप(ल्याप्छे) लगाएर आफ्नो सहभागिता जनाएका छन्।

रास्वपाले लामिछानेमाथि भइरहेको सरकारी दमन र चरित्र हत्या प्रयासलाई “स्पष्ट राजनीतिक प्रतिशोध”को रूपमा व्याख्या गर्दै देशव्यापी जनमत निर्माणमा जुटिरहेको छ। यसै अभियानअन्तर्गत सुदूरपश्चिमको दुर्गम क्षेत्र बसोबास गर्ने आदिवासी राउटे समुदायका अगुवा व्यक्तिहरूले पनि हस्ताक्षर गर्दै आफ्नो समर्थन जनाएका हुन्।

रास्वपाले देशभर ‘राजनीतिक प्रतिशोध विरुद्ध जनहस्ताक्षर अभियान’ सञ्चालन गरिरहेको छ। सो अभियानमा विभिन्न वर्ग, समुदाय र क्षेत्रका नागरिकको उल्लेखनीय सहभागिता देखिएको छ।

प्रतिकृया दिनुहोस्