News Portal

  • नाउपाले सरकारलाई दिएको निर्णय फिर्ता लिदै

    जनगर्जन संवाददाता२०८१ आषाढ २७
    १३३ पटक

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । २८ गते हुने प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णयसमेत गरेको छ ।

    प्रतिनिधि सभामा नाउपाका चार सांसद छन् । नाउपाले सुरुदेखि नै प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्दै आएको थियो ।

    अब कांग्रेस र एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय भएकाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक नेताले बताए । उनले भने, ‘प्रधानमन्त्रीको समय मागेका छौं, समय मिल्नासाथ औपचारिक रूपमा जानकारी गराउँछौं ।’

    प्रतिकृया दिनुहोस्