News Portal

  • नौ दिन पछि हाजिरी हुने शर्तमा रिहा भए कैलाश शिरोहिया

    जनगर्जन संवाददाता२०८१ जेठ १६
    ७३ पटक

    काठमाडौ / कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा आज हिरासतमुक्त भएका छन्। अहिले उनको उपचार चलिरहेको हुँदा ललितपुर प्रहरीले मेडिसिटी अस्पतालमै गएर छोरा सम्भवको रोहवरमा अनुसन्धानका लागि आवश्यक परेका बखत उपस्थित गराउने सर्तनामा गराएर रिहा भएको कागज दिएको छ।

    धनुषा प्रहरीको निर्णयअनुसार अस्पतालमै कागज गरेर रिहा गरेको ललितपुर जिल्ला प्रहरी परिसरका उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

    जिल्ला प्रहरी कार्यालय धनुषाले परिवारका सदस्यलाई जिम्मा लगाउने गरी हाजिर जमानीमा छाड्ने निर्णय गरी ललितपुर प्रहरीमा पठाएको थियो र धनुषा प्रहरी को आदेश अनुसार ललितपुर प्रहरिले जमानिमा छोडेको हो । उनलाई मंगलबार मात्र हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको हो।

    प्रहरीले उनलाई नागरिकतासम्बन्धी कसुरको अनुसन्धान गर्ने भन्दै जिल्ला अदालत धनुषाबाट जारी पक्राउ पुर्जी दिएर जेठ ८ गते थापाथलीस्थित कान्तिपुर मुख्यालयबाट पक्राउ गरेको थियो।

    प्रतिकृया दिनुहोस्