News Portal

सवारी दुर्घटना परी एक जनाको मृत्युु

जनगर्जन संवाददाता२०८१ जेठ ८
३३५ पटक

कपिलवस्तु- कपिलवस्तुकाे शिवराज नगरपालिका ५ चन्द्राैटा बजार नजिकै वालापुरमा सवारी दुर्घटना हुदा जलेश्वर प्रसाद थारुको मृत्युु भएको छ ।

जिल्लाको बुद्धभुमी नगरपालिका ९ मा बस्ने बर्ष ५५ का जलेश्वरको मृत्यु भएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक गिता प्रसाद चौधरीले जानकारी दिनुभयो ।

बालापुर माेडमा ना ६ ख ६५६२ नम्बरकाे ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार थारुको मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्