News Portal

  • “सी जाति,सी संस्कृति र सी सपना” नामको अभियान सहित ‘लाेबुचे पिक’ हिमालको सफल आरोहण

    युवा नेता कमरेड भिम सी ले मिति २०८१ वैशाख १० गतेका दिन सगरमाथा राष्ट्रिय निकुञ्जमा अवस्थित लोबुचे (पिक) ६०००मिटर अग्लाे हिमालको सफलतापूर्वक आरोहण गर्नुभएको छ ।

    विष्णु विश्वकर्मा२०८१ बैशाख १३
    ९९ पटक

    काठमाडौ । कुमाख गाउंपालिका सल्यानका शालीन भद्र ब्यक्ति सल्यान जिल्ला काे गरिमामय इतिहास राख्न सफल नेपाल कम्युनिस्ट पार्टी का कुशल क्रान्तिकारी युवा नेता कमरेड भिम सी ले मिति २०८१ वैशाख १० गतेका दिन सगरमाथा राष्ट्रिय निकुञ्जमा अवस्थित लोबुचे (पिक) ६०००मिटर अग्लाे हिमालको सफलतापूर्वक आरोहण गर्नुभएको छ ।

    ‘सी जाति,सी संस्कृति र सी सपना’ नामको अभियान सहित (इस्वि सम्वत २०२४ अप्रिल २२) बि.स.२०८१ बैशाख १० गतेकाे बिहान आठ बजेर पैतालिस मिनेटमा सगरमाथा राष्ट्रिय निकुञ्जमा अबस्थित ६०९० मिटर उचाइको ‘लाेबुचे पिक’ नामको हिमालकाे चुचुरोमा पाइला राखेका थिए ।

    बिहान २ बजे उच्च शिविरबाट सुरु भएको हाम्रो हिमाल आराेहणकाे खास महायात्रा चुचुरोमा पुगेर फेरि उच्च शिविरमै आइपुग्दा बेलुका पाँच बजेको थियो । १५ घण्टा लगातार हिडिरहनु त्याे पनि हिमालमा चानचुने कुरा रहेनछ उनको भनाइ छ ।

    ६ जनाको आराेहणदल हिमालकाे चुचुरोमा पाइला राख्न पूर्ण रुपमा सफल रहेको छ ।जसमा ३ जना ब्रिटिस नागरिक, दुईजना आराेहण सहयोगी शेर्पा र भिम सी पालैपालो चुचुरोमा पाइला राखेका थिए र ,सबै ६ जना नै चुचुरोमा पुग्न सफल भएका छन।

    सल्यानका युवा नेता भारती राजनीति क्षेत्रमा पनि उत्तिकै सक्रिय व्यक्ति हुन उनले राजनितिक संगसंगै आरोहण लाई पनि आफ्नो महत्त्वपूर्ण पाटोमा राखेर ६०९० मिटर उचाइको ‘लाेबुचे पिक’ नामको हिमालकाे चुचुरोमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव सीद्वारा लिखित ‘नेपाली बिशेषताकाे समाजवाद’ नामकाे पुस्तक र आफैले सम्पादन गरेर प्रकाशित हुने सल्यान जिल्लाकाे मुखपत्र, विचार र अन्तरक्रियामुखी त्रै-मासिक म्यागाजिन ‘नयाँ खबर’ पनि चुचुरोमा प्रदर्शन गरेका छन ।

    उनले भनेका छन, उल्लेखनीय कुरा के छ भने हाम्रो “आराेहण दलमा एकजना ब्रिटिस युवा आराेही पुर्ण रुपमा दृष्टिबिहिन रहेका छन् । दृष्टिबिहिनलाई पनि संगसंगै चुचुरोमा पुर्याउदा र ओरालोमा झार्दा हामीलाई अलि केही समय लागेको थियो”।मेरो जिवनकाे यो महत्त्वपूर्ण यात्राकाे सफलताले मलाई थप हाैसला प्रदान गरेको छ।

    आफुले चालेको कदमले आफ्नो लक्ष्यमा पुग्ने विश्वास रहेको भन्दै हिमाल आराेहण पूर्ण रुपमा सफल रह्यो शुभकामना र शुभेच्छा व्यक्त गर्नुहुने सबै प्रियजनहरुमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गरेका छन ।

    प्रतिकृया दिनुहोस्