News Portal

  • विश्वकै प्रदुशित शहर बन्यो काठमाडौ

    जनगर्जन २०८० चैत्र २८
    ५२ पटक

    चैत्र २८,काठमाडौँ । नेपालको राजधानी काठमाडौँ विश्वकै प्रदूषित शहर बनेको छ । काठमाडौँको हावाको गुणस्तर अत्यन्त अस्वास्थ्यकर बनेको चा ।

    विश्वभर प्रदूषणको अवस्थालाई निगरानी गर्ने वेबसाइट आईक्यू एयरका अनुसार बुधबार बिहान काठमाडौँको हावाको स्तर खराब बन्दै २६४ अङ्कमा पुगेको छ ।

    काठमाडौँपछि छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली दोस्रो प्रदूषित सहर बनेको छ । बंगलादेशको राजधानी ढाका तेस्रो स्थानमा र पाकिस्तानको लाहोर सहर चौथो स्थानमा छ । पाँचौँ स्थानमा इराकको राजधानी बगदाद रहेको छ । सार्क राष्ट्रले प्रदुशित शहरको अग्रता गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्