News Portal

  • देशलाई सैन्य अखाडा बनाउने अमेरिकी सपना पुरा हुन दिदैनौ :- विप्लव

    धिरज प्रपला२०८० चैत्र २४
    १७० पटक

    चैत्र २४, धनगढी । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सिले देशलाई सैन्य अखाडा बनाउने अमेरिकी सपना पुरा हुन नदिने बताएका छन ।

    शनिबार धनगढीको खुल्ला मञ्चमा आयोजित युवा संगठन नेपालको पाँचौ राष्ट्रिय सम्मेलनको उदघाटन सत्रमा बोल्दै महासचिव विप्लवले यस्तो बताएका हुन । महासचिव विप्लवले एमसिसि मार्फत नेपाल पसेको अमेरिकाले एमसिसि मार्फत नेपालमा सैन्य अखडा बनाउने सपना नेपाल कम्युनिष्ट पार्टी रहुन्जेल पुरा हुन नदिने बताए । उनले ईष्ट ईण्डीया कम्नी मार्फत ब्यापार गर्ने उदेश्य बोकेर आएको अंग्रेजले भारतमा लामो समय शासन गरेको बताउदै देशको राष्ट्रियता र स्वाधीनतामा कसैले आँच पु¥याउने दुस्साहस गरे ३ करोड जनताले हतियार उठाउन बाध्य हुने र त्यसकोे नेतृत्व नेकपाले गर्ने बताए । हामीलाई हतियार उठाउने आरोप लागेको छ । तर हामी गर्वका साथ भन्छौ, राष्ट्रियताका सवालमा हामी लुकेर नभई खुल्ला रुपमा जनताका साथ हतियार उठाएर देशको रक्षा गर्ने छौ । देशको स्वाधीनताको लागी नेपाली युवाहरुले ज्यान दिन पनि तयार हुनु पर्छ उनले भने । जनताले ल्याएको लोकतान्त्रीक गणतन्त्र जनताको गणतन्त्र हुन नसकेको बताउदै महासचिव विप्लवले जनताले दुख पाएको बताए । उनले व्यवस्था नफेरी अवस्था नफेरीने बताउदै खोट व्यवस्थामा नै भएकाले व्यवस्था फेर्नु पर्ने बताए ।

    उनले सबैले समाजबादको कुरा गरिरहेको अवस्थामा व्यवस्था ठिक छ भने व्यवस्था बदल्नु पर्छ भन्ने रवी लामीछानेले पनि समाजबादको कुरा उठाउन थालेको बताए । महासचिव विप्लवले नेपाल कम्युनिष्ट पार्टीले नेपाली विशेषताको समाजबादको परिकल्पना गरेको बताउदै समाजबाद प्राप्तीका लागी राष्ट्रबादी देशभक्तहरु एकजुट हुनु पर्ने बताए ।

    उनले नेपाली काग्रेसले पनि विपीको समाजबादका विषयमा पार्टी भित्र छलफल चलाउनु पर्ने बताए । साम्राज्यबादी साङलोले समाजबादलाई बाधेर राखेको बताउदै महासचिव विप्लवले नेपाली विशेषताको समाजबादका लागी एक पटक मौका दिनु पर्ने बताए । हामी सहिद परिवार संगै रोएका छौ,सुकुम्बासिको अगेनामा बसेर उनीहरुका दुख नजिकबाट देखेका छौ, सहिदसंगै लड्दालड्दै ज्यान गुमाएको देखेका छौ त्यसैले हामी परिबर्तनको पक्षमा छौ, देशको पक्षमा छौ, राष्ट्रियताको पक्षमा छौ उनले भने । महासचिव विप्लवले नेपाल प्रश्नै प्रश्नको घेरामा उभिएको बताउदै कोही खुसी नभएको बताए । कैलाली जिल्ला देशको आमुल परिबर्तनका लागी ज्यान गुमाउने सहिदहरु जन्माउने जिल्ला भएको बताउदै उनले जनयुद्धमा भागेका भगौडाहरुले तर्साउदैमा कोही नडराउने बताए । जनताका बैरीहरुले टाउको उठाउने कोशीस गरि रहेको बताउदै उनले समाजबादी मोर्चाको गठनले उनीहरुको निद हराम भएको बताए ।

    समाजबादी कम्युनिष्टहरुलाई एक हुन नदिन एक अर्काको कुरा काट्दै हिडेको बताए । हामीलाई प्रचण्डसंग लागेर नविग्रन भन्दै छन, प्रचण्डलाई हामीसंग नलाग्न भन्दैछन, हामीलाई टुक्तयाउने र कमजो बनाउने षडयन्त्र हुदैछ, हामी सबै कम्युनिष्टशहरु मात्र नभई देश भक्तहरु एकजुट हुन जरुरी छ उनले भने । महासचिव विप्लवले निरासा सबै भन्दा ठुलो सत्रु भएको बताउदै युवाहरुले निराशा विरुद्ध खुकुरीको धार बनेर स्पात बन्नु पर्ने बताए । महासचिव विप्लवले २ सय ५० बर्ष शासन चलाई सकेको राजतन्त्र फर्केर नआउने बताउदै ब्याबश्था परिबर्तनका लागी संसदीय ब्याबश्थाकी समाजबाद भन्ने विषयमा जनमत संग्रह गर्न सकिने बताए । उनले एक पटक नेकपालाई मौका दिनु पर्ने बताउदै किनेर पाउने भोटको औचित्य नभएको बताए ।


    त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य शिलु सिले समाजबाद प्राप्तीका लागी युवाहरुको महत्वपूर्ण भूमीका भएको बताउदै विदेशिदै गएका युवाहरुलाई नेपालमा रोक्न पनि समाजबाद आवश्यक भएको बताईन । उनले अहिले सम्म नेताहरुको मात्र विकास भएको बताउदै जनताको विकास अझै हुन नसकेकाले जनताको जीवनमा परिबर्तन ल्याउन समाजबाद अपरिहार्य भएको बताईन । विदेशीको पञ्जाबाट देशलाई मुक्त बनाउन युवाहरु ज्यान दिन पनि तयार हुनु पर्ने बताउदै उनले युवाहरुलाई नेपालमा रोक्न सके सुन फलाउन सकिने बताईन । युवा संगठन नेपालको पाचौ राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य पाटन जंगलीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा सामना परिवारका कलाकारहरुले जनबादी गीत संगीत मार्फत उर्जा थप्ने काम गरेका थिए भने विभिन्न झाकीहरु समेत प्रस्तुत गरिएको थियो ।
    तस्वीरहरु


    प्रतिकृया दिनुहोस्