News Portal

कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा

जनगर्जन २०८० चैत्र १३
१२८ पटक

१३ चैत, काठमाडौं । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बंगालको खाडीबाट जलवाष्पयुक्त वायु आइरहेको र स्थानीय वायुको प्रभावले केही दिनयता दिनहुँ पानी परिरहेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविद राजु प्रधानाङ्गले जानकारी दिए ।

‘बंगालको खाडीबाट जलवाष्पयुक्त वायु आइरहेको छ र पि्रमनसुन सक्रिय रहेकाले पानी मेघगर्जन चट्याङसहित पानी पर्ने गरेको छ,’ उनले भने, ‘आगामी तीन दिनसम्म अहिलेको जस्तै अवस्था रहने देखिन्छ ।’

उनका अनुसार यसको प्रभाव पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम छ ।

प्रतिकृया दिनुहोस्