News Portal

  • आफूलाई उपयोग गर्न खोजे जुनसुकै बेलामा पनि लात्ताले हान्नसक्ने :प्रम प्रचण्ड

    जनगर्जन संवाददाता२०८० फाल्गुण २१
    १०२ पटक

    विष्णु बिश्वकर्मा
    २१, फाल्गुन काठमाडौ । सहिद प्रतिष्ठा नेपालको आयोजनामा संचालित शान्तिप्रकृया,संघीयलोकतान्त्रिक गणतन्त्र र आजको राजनिती विषयक अन्न्तर्कृया कार्यकममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैले आफूलाई उपयोग गर्न खोजे जुनसुकै बेलामा पनि लात्ताले हान्नसक्ने बताएका छन्।

    आज सहिद सप्ताहको अन्तिम दिन झाप विद्रोह सुखानिको शहिदहरु,जनयुद्ध र जनयुद्धको शहिदहरुको सपना पूरा गर्न नया संकल्प लिने दिन हो। यी सपनाहरु केही पूरा भएपनी केही सपना अझै बाकी रहेको ती सपना हरु पूरा गर्नको लागि बिखन्दनवादिहरुले चलखेल गरेको दावी गरेका छन।

    ‘राष्ट्रप्रति इमानदार हुने कुरामा निरन्तर कायम छु, प्रतिक्रियावादीले मलाई उपयोग गर्न खोजे भने कुनैपनि बेला लात्ताले हानेर निस्कन सक्छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उनीहरूको लागि म विश्वसनीय छैन, हुन पनि परेको छैन। आजको दिन हरेक दृष्टिकोणले क्रमभंगको दिन बन्न गएको छ।’साथै, उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेदेखि सहिद परिवारका सदस्यलाई रोजगारी दिने संकल्प समेत गरेका छन्।

    ‘क्रान्तिकारी जति सबै एक ठाउँमा हुनैपर्छ, अरु कुनै उपाय छैन प्रधानमन्त्री प्रचण्डले भने सबै क्रान्तिकारी एकजुत भए मात्र सहिद तथा बेपत्ताहरुको सपना पूरा गर्न सम्भव छ प्रधानमन्त्री प्रचण्डले भने।

    प्रतिकृया दिनुहोस्