News Portal

  • युवा संगठन नेपाल काठमाडौं जिल्ला नम्बर १ काे जिल्ला सम्मेलन , अध्यक्षमा रबिन सी

    जनगर्जन संवाददाता२०८० फाल्गुण १९
    ४४ पटक

    काठमाडौं – युवा संगठन नेपाल, काठमाडौं जिल्ला नम्बर एककाे जिल्ला सम्मेलन सम्पन्न भएकाे छ । काठमाडौंकाे थहिटीमा सम्पन्न सम्मेलनले रबिन सीकाे अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ ।

    सम्मेलनले उपाध्यक्षमा भूवन सी, सचिवमा मदन सी र काेषाध्यक्षमा सन्ताेष सी निर्वाचित भएका छन् । रबिन सीकाे अध्यक्षतामा सम्मेलन सुरू भएका थियाे ।

    नेकपाका सहायक संगठन युवा संगठनले चैत्रमा पाँचाै राष्ट्रिय सम्मेलन हुँदैछ । संगठनले जिल्ला जिल्लामा सम्मेलन तथा भेलाहरू गरिरहेकाे छ ।

    सम्मेलन पूर्व माेटरसाइकल र्याली निकालिएको थियाे । र्याली काठमाडौंकाे थहिटी चाेकबाट सुरू भएर जमल, दरवारमार्ग, जयनेपाल, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, न्युराेड, असन हुँदै पुन: थहिटी चाेकमा पुगेर सम्मेलनमा परिणत भएकाे थियाे ।

    सम्मेलनमा नेकपा पाेलिटव्युराे सदस्य कृति सीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे। सम्मेलनमा नेकपा केन्द्रीय सदस्य भृकुटी सी, जीवन्त सी, पाटन सीकाे आतिथ्यता रहेकाे थियाे । कार्यक्रमकाे संचालन कल्पना सीले गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस्