News Portal

  • जनयुद्धमाथि हमला गर्ने विरुद्ध मिडिया मोर्चाबाट प्रतिरोध गर्नुहोसः अनिल सी

    जनगर्जन संवाददाता२०८० फाल्गुण ११
    ४४ पटक

    नवलपरासी । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीेले साम्राज्यवादका दलालहरुले जनयुद्धमा सहभागी नेता कार्यकर्तामाथि जनयुद्धको मुद्धा लगाउने षडयन्त्र गरिरहेको भन्दै मिडिया मोर्चाबाट प्रतिरोध गर्न आग्रह गरेका छन ।

    नवलपरासीको मिलनचोकमा आयोजित जनपत्रकार संगठन नेपालको केन्द्रीय समिति सचिवालय समितिको बैठकलाई शुक्रवार सम्वोधन गर्दै स्थायी समिति सदस्य अनिल सीले जनयुद्धमाथि हमला गर्ने जो सुकै भएपनि त्यसविरुद्ध कडा प्रतिरोध गर्न आग्रह गरेका हुन ।

    उनले प्रचण्डलाई हाने जस्तो गरेर साम्राज्यवादका दलालहरुले जनयुद्धमाथि हान्न नपाईने जिकिर गरे । संगठनका फ्याक्सन इन्चार्ज समेत रहेका नेता अनिलले भने ‘जनयुद्ध भनेको नेपाली जनताको मुक्तिको लागि संचालित महान युद्ध हो । यो सामन्तवाद तथा साम्राज्यवादी दलालहरुको शोषण, दमन र हस्तपेक्षका विरुद्ध संचालित न्यायपूर्ण युद्ध हो । यसलाई अपराधीकरण गर्न मिल्दैन ।’

    उनले जनयुद्धमाथि आक्रमण गर्दै जनयुद्ध लडेका नेता कार्यकर्तामाथि मुद्धा लगाउनु भनेको नेपाली वर्गसंघर्ष र नेपाली जनता विरुद्ध गम्भीर षडयन्त्र भएको ठोकुवा गरे ।

    उनले नेपालको मिडिया मोर्चाको नेतृत्व जनपत्रकारहरुले गर्नुपर्ने भन्दै साम्राज्यवादका दलालहरुले जनता विरुद्ध गरेको गोवयबल्स प्रचारको कलमबाट प्रतिवाद गर्नु पर्ने बताए ।

    बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला इन्चार्ज कमलले जनपत्रकारहरुले जनताको पक्षमा इमान्दार भएर काम गर्नुपर्ने बताए । उनले पत्रकार संगठन र पार्टी बिच विज्ञापनका विषयमा अन्तरविरोध आउने गरेको भन्दै त्यसलाई सहकार्य र समझदारी गरेर काम गर्नु पर्ने सुझाव दिए ।

    बैठकमा नेकपा नवलपरासीका सेक्रेटरी प्रताप,महिला नेतृ हरिकला,प्रतिनिधि समिति सदस्य सुस्मा लगायतको आतिथ्यता रहेको थियो । संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न बैठकमा संगठनका सचिवालय सदस्यहरुको उपस्थिति रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस्