News Portal

  • अखिल नेपाल क्रान्तिकारी सिलाइ मजदुर रुपन्देही दोस्रो बैठक सम्पन्न

    पुर्ण बहादुर खड्का
    १०४ पटक

    बुटवल । पेशागत संगठन अखिल नेपाल क्रान्तिकारी सिलाइ मजदुर रुपन्देहीको दोस्रो बैठक सम्पन्न भएको छ।

    अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघ अन्तरगतको पेशागत घटक अखिल नेपाल क्रान्तिकारी सिलाइ मजदुर संगठन रुपन्देही जिल्लाको दोस्रो बैठक संगठनका जिल्ला अध्यक्ष राजेन्द्र सिको अध्यक्षतामा सम्पन्न भएको हो ।

    बैठकले मजदुरका हक हितका लागि ससक्त आवाज उठाउन बृहत र क्रियाशिल संगठनको आवश्यक  भएकोले त्यसका लागि संगठन निर्माण र बिस्तारको कामलाई तिब्रता दिने बिषयमा निर्णय गरेको बैठकका अध्यक्षले जानकारी दिएका छन ।

     बैठकमा नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीका जिल्ला सचिव प्रेम सी को प्रमुख आतिथ्यता रहेको थियो।
    प्रमुख अतिथि प्रेम सीले भने, ‘देशमा असफल दलाल संसदीय व्यवस्थाका कारण साम्राज्यवादी हस्तक्षेपको नाङ्गो रुप देखा परेको र यसलाई रोक्न किशान, मजदुर र सर्बाहारा श्रमजीवी बर्गको बर्गिय हित हुने वैज्ञानिक समाजबाद स्थापना गर्नको लागि संगठन व्यापक र मजवुद बनाउन आवश्यक छ।’

    बैठकमा अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघका केन्द्रीय सदस्य खगेन्द्र सीको विशेष उपस्थित रहेको जनाईएको छ ।

    प्रतिकृया दिनुहोस्