
फागुन २७/भक्तपुरः गिलटर फ्युचर सेकेण्डरी स्कूलको २१ औं वार्षिकोत्सब , पुरस्कार तथा साँस्कृतिक कार्यक्रमका साथै अभिभावक दिवस भक्तपुर नगरपालीका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भब्यरुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले विद्यालयको प्रशंसा गर्दै वर्तमान शिक्षा प्रणाली को व्याख्या गरेका थिए । कार्यक्रममा वोल्दै प्रजापतिले सामुदाहिक स्कुलको शिक्षा राम्रो नभए सम्म निजि शिक्षाको जरुरत परेको धारण ब्यक्ति गरे । समय सधै एकनास हुदैन त्यसले विचमा कोरना जस्तो प्रतिकुल अवस्थामा पनि कक्षाहरु संचालन गरेर योगदान गरेकोमा स्कुलको प्रशंसा ब्यक्त गर्नुका साथै भक्तपुर नगरपालिका शिक्षाको क्षेत्रमा अब्बल रहेको धारण राख्नु भयो । भक्तपुर नगरपालीका देशभरिका जनताको शिक्षा क्षेत्रमा विस्वास जित्न सफल भएको वहाँको जिकिर रहेको थियो । शिक्षा क्षेत्र पैशा कमाउन को लागिमात्र खोलिएका हैन ज्ञान दिन दक्ष्य जनशक्ति उत्पादन गर्ने महत्त्वपूर्ण क्षेत्र हो । गुणस्तरीय , सस्तो शिक्षा दिन सक्नु पर्ने कुरामा जोड दिनु भएको थियो । हामिले पढाउने विद्यार्थी संस्कारी , ज्ञानी र दक्ष्य होवस भन्ने नीति नगरपालिकाले अगाडि सारेको छ । त्यो उत्पादन सँग जोडिएको होवस् गरिव जेहेन्दार विद्यार्थी लाई छात्रा बिर्दि , शैक्षिक प्रमाण पत्र ,राखेर पाचलाख सम्म रिन दिने व्यावस्था सम्म नगरपालिकाले गरेको धारण राख्नु भयो ।
अतिथिको रुपमा वोल्दै नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले अभिभावकहरु बीच शुभकामना मन्तब्य राख्नु भएको थियो सम्बोधनका क्रममा खड्काले स्कुल राम्रो हुनु अविभावकहरुको पनि मुख्य भुमिका हुने धारणा राख्नु भयो स्कुलमा कहिले काहीँ हुने जान अन्जानमा भएका समस्याहरुलाई सम्वन्धित स्कुलमा आएर सुझाव सल्ला दिनु पर्ने तर्क राख्नु भयो । यसरी सुझाव सल्लाहा दिनुले मात्र स्कुलमा नपुगेका अपुग्ताहरु सुधारेर अगाडि वढ्न प्रेणा मिल्छ भन्ने मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमममा सम्पूर्ण अभिभावकको तर्फबाट संन्जय तामाङले मन्तब्य ,राख्नु भएको थियो । भने विद्यालयका संस्थापक प्रिन्सिपल रामप्रसाद खाताखोले २०५८ सालमा माघ १ गते स्थापना भएको स्कुल आज हामि २१ औं वार्षिकोत्सब मनाउन पाउँदा पाउँदा जिवनकै खुसिको क्षण भएको महशुस गरेको धारणा राख्नु भयौ अहिले सम्म हाम्रो मुख्य उदेश्य भनेको एक विद्यार्थी एक ज्ञाप भन्ने पनि निति रहेको जानकारी दिनु भयो स्कुल नियमित शिक्षा सगै अतिरिक्त कलासहरु डान्स , खेलकुद लगाएतका कार्यक्रम चलाई रहेका छौ । शिक्षा र संस्कार जीवन उपयोगी एक मन्त्र हो भन्ने मूल नारा सहित संचालित यो विद्यालय भक्तपुरको एक नमुना विद्यालय बनाउने उद्देश्य रहेको खाताखुले बताए ।
विद्यालयले उक्त कार्यक्रममा अनुशासित विद्यार्थी राम्रो पढाईमा दखल राख्ने भाइ वहिनिहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा सबै कक्षाका विद्यार्थीहरुले उत्कृष्ट नृत्य, गीत, नाटक प्रस्तुत गरेर उपस्थित अतिथि साथै अभिभावकहरुलाई पूर्ण मनोरञ्जन गराएका थिए ।
कार्यक्रममा संञ्चालक सोही स्कुलको शिक्षिका प्रियाँ सुवालले गर्नु भएको थियो भने विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष जीबस सितुकुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रुपमा महत्त्वपूर्ण ब्यक्तिहरुको उपस्थिति रहेको जानकारी प्रप्त भएको छ ।विद्यालयका संचालक तथा अध्यक्ष जिवेश सिटिखूको सभापतित्वमा संचालन भएको वार्षिकोत्सवको अवसरमा आयोजित अभिभावक दिवस, पुरस्कार वितरण र साँस्कृतिक कार्यक्रममा अतिथि भक्तपुर वडा ४ का अध्यक्ष उपेन्द्र सुवाल र नेशनल प्याब्सन बागमती प्रदेश उपाध्यक्ष पुण्यराम कवां र राष्ट्रिय युवा परिषदका सदस्य मुकेश योन्जनले शुभकामना मन्तव्य दिनु भएको थियो
एसईई२०७५, २०७६, २०७७ र २०७८ मा उत्तीर्ण हुने पूर्व विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी सम्मान र कक्षागत शैक्षिक पुरस्कारका साथै अनिवार्य क्रियाकलापमा विजेता विद्यार्थीहरुलाई पुरस्कार तथा मेडल प्रदान गरिएको थियो ।