News Portal

  • नेकपा सहित चार दलीय मोर्चाले गर्यो भाद्र ७ गते नेपाल बन्दको घोषणा

    जनगर्जन संवाददाता
    २८४ पटक

    काठमाण्डौं । ४ क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी)ले नेपालमा आएको राष्ट्रिय स्वाधिनता, जनघात, राष्ट्रघाट, भ्रष्ट्राचार, महङ्गी र जनजीवीकाका विषय संकटमा परेको हुनाले विभिन्न कार्यक्रमहरु मार्फत आनो प्रस्तुत गर्दै आईरहेको छ ।

    सरकार एक पछी अर्को भुुल गर्दै आईरहेको छ । एमसीसी पास, एसपीपी कार्यक्रमको तयारी नागरिकता विधयक, महङ्गीले सिमा नाघिसकेको यो अवस्था सम्म आईपुग्दा अद्मै पनि सरकार कानमा तेल हालेर वसेको हुनाले दाश्रो चरणको कार्यक्रम अन्तर्गत श्रावण २९ गते संघर्षका कार्यक्रमको घोषणा, भाद्र १ गते देश व्यापी जिल्ला प्रशासन कार्यालय मार्पत प्रधान मन्त्रीलाई ज्ञापन पत्र वुद्माउने, भाद्र ३ गते देश व्यापी विरोध सभा गर्ने, भाद्र ६ गते मशाल जुलुश र भाद्र ७ गते नेपाल वन्द पुर्व निर्धारित मितिमा सरकारसंग आफ्ना मागहरु राख्दै संघर्ष गर्दै आईरहेको छ ।

    नेपाल कम्युनिस्ट पार्टीसंग २०७७ फाल्गुन २० गते नेपाल सरकार संग गरेको ३ वुंदे सहमतिको वरखिलाप ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव विप्लव लगाएतका नाममा पक्राउ पुर्जी जारी गरेको छ जो निन्दीए र भत्र्सना गर्न लाएकको छ । विगत लामो समयदेखिहामी ४ क्रान्तिकारी कम्युनिस्ट पार्टी राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप, जनतन्त्र, जनजिवीका, असिमित मुल्यवृद्धी, कालोबजारी, भ्रष्टाचार, कमिसनखोर, तस्करीका बिरुद्धमा संयुक्त संघर्षको दौरानमा छौँ ।

    यसै सन्दर्भमा तल उल्लेखित महत्वपूर्ण विषयहरुमा न्यायोचित मागहरु राखेर चरणवद्ध संघर्षको कार्यक्रमहरु गर्दै आइरहेको छ । अतः यहि २०७९ भदौ ७ गते – नेपाल बन्दको आयोजना गरिएकाले विगतका दिनहरुमा जस्तै यो पटक पनि यहाँहरुको संघ–संस्थाबाट आवश्यक सहगोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी)ले सामुहिक आह्वान गरिएको छ ।
    विज्ञप्ति सहित…

    श्री अध्यक्ष/प्रमुख ज्यू,
    …………………………………….।
    विषय :- नेपाल बन्दको कार्यक्रमलाई सहयोग गरिदिनुहुन ।

    विगत लामो समयदेखिहामी ४ क्रान्तिकारी कम्युनिस्ट पार्टी राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप, जनतन्त्र, जनजिवीका, असिमित मुल्यवृद्धी, कालोबजारी, भ्रष्टाचार, कमिसनखोर, तस्करीका बिरुद्धमा संयुक्त संघर्षको दौरानमा छौँ । यसै सन्दर्भमातल उल्लेखित महत्वपूर्ण विषयहरुमा न्यायोचित मागहरु राखेर चरणवद्ध संघर्षको कार्यक्रमहरु गर्दै आइरहेको कुरा यहाँहरुलाई जानकारी नै छ । अतः यहि २०७९ भदौ ७ गते – नेपाल बन्दको आयोजना गरिएकाले विगतका दिनहरुमा जस्तै यो पटक पनि यहाँहरुको संघ–संस्थाबाट आवश्यक सहगोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
    क) २०७७ साल फागुन २१ गते नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बीच ३ बुँदे सहमति भएको थियो । उक्त सहमतिको बुँदा नं. ३ मा “नेपाल सरकार, नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिबन्ध ंहटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र सम्पूर्ण मुद्धाहरु खारेज गर्न सहमत भएको छ” भन्नेकुरा उल्लेखित भएको थियो । तर हालसम्म पनि जेलमा रहेका नेता, कार्यकर्ताहरुलाई रिहाई गरिएको छैन । झुठ्ठामुद्धा खारेज गरिएको छैन । उल्टै नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम लगाएतका नेता कार्यकर्ताहरुलाई गत साउन १६ गते ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरिएको छ । उक्त कार्य नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच भएको ३ बुँदे सहमतिको विरुद्धमा भएको कुरा निकै खेदजनक, षड्यन्त्रमुलक र मुलुकलाई जर्वरजस्त द्धन्दमा धकेल्ने नियोजित मनसायमा आधारित छ । त्यसैले उक्त ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन र पक्राउ पुर्जी तत्काल खारेज हुन आवश्यक छ ।
    ख) हामी ४ क्रान्तिकारी कम्युनिस्ट पार्टी विगत लामोसमय देखि राष्ट्रघाती एमसिसि९ःऋऋ०सझौता र एसपिपि (SPP) परियोजनाको विरुद्ध निरन्तर आन्दोलनमा छौ । यो सम्झौता/परियोजनामार्फत अमेरिकी साम्राज्यवादले हाम्रो देशको स्वाधीनतामाथि सिधै हस्तक्षेप गर्ने र आफ्नो उपनिवेश लाद्ने नियोजित षड्यन्त्रमा आधारित छ । नेपालको सामरिक महत्वको भुगोलमाथि आफ्नो हस्तक्षेप कायम गरेर राजनीतिक तथा सैन्य अतिक्रमणलाई मजबुद बनाउने उदेश्यमा आधारित भएकोले उक्त संझौता तथा परियोजना खारेज हुन आवश्यक छ ।
    ग) हाम्रो देश चरम मुल्यवृद्धी र भ्रष्टाचारको दलदलमा फसेको छ । चौतर्फी क्षेत्रमा ब्याप्त भ्रष्टाचारले गर्दा देश कङ्गालीकरणतर्फ धकेलिएको छ । चर्को मुल्यवृद्धीका कारणले जनताको जिवन कष्टकर बन्दै गएको छ । अतः तत्काल भ्रष्टाचार रोक्ने र असिमितरुपमा बढिरहेको मुल्यवृद्धी नियन्त्रण गर्न अनिवार्य छ ।
    घ) विगतमा भएका राष्ट्रहित विपरितका असमान सन्धि तथा सझौताहरुका कारणले गर्दा नेपालमा विदेशी हस्तक्षेप बढेको छ । जसको कारणले नेपालको आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक, सिमा अतिक्रमण लगाएतका समस्याहरु जटिल बन्दै गएको छ । अतः उपरोक्त असमान सन्धि तथा सझौताहरु खारेज गर्नआवश्यक छ ।

    प्रतिकृया दिनुहोस्