News Portal

  • धादिङको झार्लाङबाट पेस्तोल सहित दुई जना पक्राउ

    जनगर्जन संवाददाता
    ३२८ पटक

    काठमाडौं । धादिङको खनियाबास गाउँपालिका वडा नं. २ झार्लाङका दुई जना पेस्तोल सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा झार्लाङ घर भएका २५ वर्षिय सुनिल तामाङ र अविनाश तामाङ रहेका छन् ।

    अवैध रुपमा हातहतियार पेस्तोल लुकाई छिपाई राखेका छन् भन्ने गोप्य सुचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षक रमेश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले खनियाबास गाउँपालिका वडा नं. २ अक्थली स्थित पशुराम तामाङको घरमा डेरा लिई बसेका उनिहरुलाई सोमबार विहान ३ बजे पक्राउ गरिएको हो । कोठा खानतलासी गर्दा एक थान म्याग्जिन सहितको पेस्तोल‚ खुकुरी एक थान र मोबाईल तिन थान फेला पारेको जिल्ला प्रहरी कार्यलय धादिङले बताएको छ ।

    पक्राउ परेका दुवै जनामाथि हिरासतमा राखी थप अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्