News Portal

काठमाडौं नयाँ बसपार्कबाट पेस्तोल सहित दुई जना पक्राउ

जनगर्जन संवाददाता
५१३ पटक

काठमाडौं । प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित खाजा घरबाट हातहतियारसहित दुई जनालाई पक्राउ गरेको छ। शनिबार बिहान प्राप्त सूचना अनुसार खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, सोको गोली एक थान र एक थान गोलीको खोका बरामद भएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१७ धोबीचौर घर भई हाल काठमाडौं महानगरपालिका–१५ वनस्थली बस्ने ४२ वर्षीय जोयल थापा र नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–१४ चौपत्ता बस्ने ३० वर्षका राजु विक रहेको प्रहरीले बताएको छ । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्