News Portal

  • सूर्यविनायक नगरपालिकामा मेयर र उपमेयर दुबैमा नेकपा एमालेको विजयी

    जनगर्जन संवाददाता
    ४५० पटक

    ५ जेष्ठ , काठमाडौं   बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा भक्तपुर सूर्यविनायक नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार मेयरमा एमालेका वासुदेव थापा र उपमेयरमा एमालेकै सरिता भट्टराई तिमिल्सिना विजयी भएका हुन् ।

    मेयरमा उम्मेदवार दिएका थापाले १४ हजार ७५८ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निशान ढुंगेलले १३ हजार २३२ मत ल्याएका छन् ।

    यस्तै गरि उपमेयरमा एमालेकै भट्टराईले १४ हजार ४० मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्यामसुन्दर बस्नेतले ६ हजार ६६१ मत ल्याएका छन् ।

    प्रतिकृया दिनुहोस्