News Portal

  • त्रि.वि.मा आइतबार पनि नियमित पठनपाठन हुने

    जनगर्जन संवाददाता
    ८३२ पटक

    ३ जेष्ठ, काठमाडौँ   नेपाल सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आईतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको सन्दर्भमा त्रिभुवन विश्वविद्यालयले हप्ताको छ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरू सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले आज एक सूचना जारी गरी अर्को सूचना नभएसम्मका लागि साबिक बमोजिम नै आईतबारसमेत विश्वविद्यालयका सेवाहरू सञ्चालनमा रहने जनाएको हो ।

    त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाद्वारा जारी सूचनामा कोभिडको कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिकाहरु पहिले नै निर्धारण भइसकेको तथा विश्वविद्यालयको पाठ्यक्रमको संरचना समेत ध्यानमा राखेर निर्माण भइसकेको हुँदा नियमित रुपमा सञ्चालन गर्न आवश्यक भएकाले उल्लेख छ । साथै, विद्यार्थीहरूको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवालगायत अन्य सेवाहरुलाई छ दिन नै सञ्चालन गर्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्