News Portal

भारत हवाई आक्रमण : धेरै एयरपोर्टमा उडान रोकिँदा पञ्जाबका विद्यालय बन्द

जनगर्जन संवाददाता२०८२ बैशाख २४
२७ पटक

काठमाडौं । पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधिनस्त कश्मीर (पीओके) का नौ स्थानमा हवाई आक्रमण (एयर स्ट्राइक) गरेको छ।

भारतले मंगलबार राति १ः३० बजे ‘अपरेशन सिन्दूर’ अन्तर्गत बहावलपुर, मुरीदके, बाघ, कोटली, मुजफ्फराबादलगायतका स्थानमा आक्रमण गरेको बताइएको छ। यी स्थानहरू आतङ्कवादी संगठनहरूले हमला योजना बनाउने केन्द्र भएको भारतको दाबी छ।

पाकिस्तानका स्थानीय सञ्चारमाध्यमले बहावलपुरमा भएको आक्रमणपछि ३० जनाको मृत्यु भएको जनाएका छन्, यद्यपि यसको आधिकारिक पुष्टि भने हुन बाँकी छ।

हवाई आक्रमणपछि भारतका विभिन्न राज्यहरूमा सुरक्षा सतर्कता बढाइएको छ। पञ्जाबमा सम्भावित जोखिमका कारण सबै विद्यालयहरू बन्द गरिएका छन् भने धेरै एयरपोर्टमा उडानहरू अस्थायी रूपमा रोकिएका छन्।

भारतीय सुरक्षा अधिकारीहरूले स्थिति नियन्त्रणमा रहेको र आवश्यक सबै सतर्कता अपनाइएको जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्