News Portal

नेपाल कम्युनिस्ट पार्टी जनयुद्धको डिफाईनर(सुरक्षक) हो :- प्रकाण्ड सी

जनगर्जन संवाददाता२०८१ फाल्गुण १
१०३ पटक

काठमाडौँ । ३० औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा पार्टी प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई जनयुद्धको डिफाइनर (सुरक्षक) भएको बताएका छन ।

जनयुद्धका योगदान र त्यसका प्रभावहरूका बारेमा आफ्नो मन्तव्य राख्दै पार्टी प्रवक्ता प्रकाण्ड सी ले नेपालमा २०५२ देखि २०६२ सम्मको१० वर्षे जनयुद्धको प्रमुख नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले गरेको हो। यो संघर्ष सामन्ती व्यवस्थासँग जुध्न र नेपाललाई एक समतामूलक र समाजवादी समाज बनाउनको लागि आफ्नो हजारौं सहयोद्दा गुमाएर यहासम्म आईपुगेको बताएका छन। जनयुद्धको क्रममा पार्टीले राजनीतिक, सामाजिक र आर्थिक सुधारको दृष्टिकोण राख्दै, समाजका सबै वर्गको अधिकारको लागि लडाइँ लडेको हो यसर्थ नेपाल कम्युनिस्ट पार्टी जनयुद्धको ऐतिहासिक डिफाइनर हो ।

जनयुद्ध भनेको जनताको न्यायपूर्ण युद्ध भएको टिप्पणी गर्दै इतिहासप्रति इमान्दार नहुनेहरुले जनयुद्धको विरोध गरेको बताए । हामीले हाम्रा हजारौ सहयोद्दा साथी आफन्त गुमाएर लिएको यो एतिहासिक पललाई हिसा भन्नू गलत मानसिक रोगी हुन उनले जनयुद्धलाई हिंसा भन्ने बादलको वोलिप्रति संकेत गर्दै इतिहासप्रति इमान्दार नहुने नेता ठग र बेईमानको हो ,उसको त्यो अपराधी कर्म हो । सत्य कुरा जनताको विचमा भन्न नचाहने भनेको अपराध हो ।

जनयुद्धका उपलब्धिहरूलाई सम्झिँदै यसलाई जनताको हितमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे । साथै, उनले जनयुद्धका कार्यकर्ता र कार्यदिशालाई अझ सुदृढ बनाउन नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेको बताए ।

प्रतिकृया दिनुहोस्