News Portal

  • कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले ल्यायो काठमाडौं

    जनगर्जन संवाददाता२०८१ कार्तिक २५
    ७२ पटक

    काठमाडौ । मानव बेचबिखन तथा तस्करीको आरोप लागेका कोशी प्रदेस प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले आज काठमाडौं ल्याएको छ ।

    आइतबार मोरङको विराटनगरबाट पक्राउ परेका उनलाई हवाइजहाजमार्फत काठमाडौं ल्याइएको हो । त्रिभुवन विमानस्थलबाट उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिने परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।

    जापान भ्रमणमा जाँदा असम्बन्धित व्यक्तिलाई पनि सँगै लिएर गएपछि उनीमाथि मानव तस्करीको आरोप लागेको थियो । भ्रमण विवादमा परेपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए भने नेकपा एमालेले उनलाई पार्टीका पदहरुबाट निलम्बन गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्