News Portal

तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

जनगर्जन संवाददाता२०८१ चैत्र १३
१६० पटक

काठमाडौँ — देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले आज चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ भने उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। यस्तै, राति पनि यी प्रदेशहरूका पहाडी क्षेत्रहरूमा आंशिक बदलीको स्थिति रहने महाशाखाले जनाएको छ।

महाशाखाले चट्याङ्ग, हिमपात र वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

यसअघि पनि मौसमविद्हरुले चट्याङ्गबाट जोगिन खुला ठाउँमा नबस्न, धातुजन्य वस्तुहरू नछुन, मोबाइल र विद्युतीय उपकरणहरू प्रयोग नगर्न सुझाव दिएका छन्। साथै, हिमपात हुने सम्भावित क्षेत्रमा यात्रा गर्दा विशेष ध्यान दिन आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्