News Portal

  • बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन

    जनगर्जन संवाददाता२०८१ भाद्र २७
    ५२ पटक

    २७ भदौ, काठमाडौं । जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य तथा बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको असामयिक निधन भएको छ । बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा उनको निधन भएको हो ।

    भदौ १३ गते स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको जापानी इंसेफेलाइटिस रोगबाट पाण्डेको निधन भएको त्रिवि शिक्षण अस्पतालमा जनाएको छ ।

    पाण्डेको पार्थीव शरिरलाई अहिले पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदैछ । पाण्डे ४० वर्षदेखि नेपालको वामपन्थी राजनीति, जनपक्षीय पत्रकारिता र प्रगतिवादी समालोचनाका क्षेत्रमा प्रखर, निर्भिक, अविचलित र सम्मानित प्रतिभा मानिन्छन् ।

    पाण्डे जनयुद्धका महान सहिद सुरज पाण्डेको बुवा हुन । उनी उत्थान साप्ताहिकको सम्पादकसमेत हुन । रुचिले वामपन्थी राजनीति र पेसाले जनपक्षीय पत्रकारिता अँगालेर अगाडि बढेका पाण्डेले नेपालको विभिन्न राजनीतिक परिवर्तनको ठुलो याेगदान गरेका छन ।

    प्रतिकृया दिनुहोस्