News Portal

  • अरिङ्गालले टोकेर दिदीभाइको मृत्यु

    जनगर्जन संवाददाता२०८१ कार्तिक १९
    ७७ पटक

    काठमाडौ । बझाङमा अरिङ्गालको टोकाइबाट दिदिभाईको मृत्यु भएको छ । बझाङको थलारा गाउँपालिका -२ डोरगाउका ३ बर्षीय सुरबिर खाती र उनकी दिदी ५ वर्षीया सिया खातीको मृत्यु भएको हो ।

    अरिङ्गालको टोकाइबाट अन्य तीनजना घाइते भएको थलारा गाउँपालिकाका प्रवक्ता रबिन्द्र खातीले जानकारी गराएका छन ।

    उनका अनुसार, घाइते हुनेमा मृतककी सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ बर्षकी हजुर आमा रहेका छन् । उनीहरुको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भैरहेको छ ।

    शनिवार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा बिच्किएका अरिङ्गालले उनीहरुलाई टोकेको र उपचारको क्रममा बालबालिकाको मृत्यु भएको प्रवक्ता खातीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्