News Portal

  • झ्याप्ले खोलामा पुरिएको बसबाट थप ३ शब निकालिए

    जनगर्जन संवाददाता२०८१ आश्विन १३
    १४५ पटक

    काठमाडौं । निरन्तर ३ दिन सम्म परेको अबिरल वर्षाको कारण एक्कासि पहिरो जादा झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप ३ जनाको शव फेला परेको छ । फेला परेका तीनै जनाको शव अहिले निकालिएको छ ।

    फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ एकिन चाहिँ अझै हुनसकेको छैन ।

    पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको अझै छैन । निरन्तर पहिरो पन्छाउने काम भैइरहेको छ ।

    सशस्त्र प्रहरीको डिएसपीको कमान्डमा र नेपाली सेना, नेपाल प्रहरी सहितको टोली उद्धारमा खटिएको छ ।

    झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो

    प्रतिकृया दिनुहोस्