News Portal

  • काठमाडौं-कालिकोट समाजवादी सम्पर्क मञ्च गठन, अध्यक्षमा रुपसिंह बोहोरा

    जनगर्जन २०८१ साउन १०
    १२९ पटक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको कालिकोट–काठमाडौं समाजवादी सम्पर्क मञ्च गठन भएको छ । बिहीबार काठमाडौंको राष्ट्रिय महिला आयोगको सभाहलमा सम्पन्न कार्यक्रमको पहिलो भेलाले रुपसिंह बोहोरा (हेमन्त सी) को अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

    नेकपाकी केन्द्रीय सदस्य एवं अनेमसंघ (क्रान्तिकारी) केन्द्रिय उपाध्यक्ष भृकुटी सीको अध्यक्षतमा सम्पन्न भेलामा नेकपा स्थायी समिति सदस्य एवं
    मधेस प्रदेश ईन्चार्ज अनिल सीको प्रमुख अतिथ्यता रहेको थियो भने स्थायी समिति सदस्य एवं सुदुरपश्चिम ईन्चार्ज भरत सी, कर्णाली ईन्चार्ज सुशील सी, पोलिट ब्युरो सदस्य नविन सी, केन्द्रीय सदस्यहरु राजकुमारी सी, नरेन्द्र सी, धर्म सी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

    प्रथम भेलाले बिनित सी, गोबिन्द विक, पासाङ सी, प्रेम सी, शेर बहादुर सी, अक्कल सी, दान बहादुर सी, ललित सी, तिलम सी, गणेश सी, चतुरे सी, निराजन सी, राजन सी, नेकेन्द्र सी, मङ्गला सी, मनिस सी, उर्मिला सी, जीवन सी, कल्पना सी, जनक सी ,उर्मिला सी, मङगल सी लगायत ५१ जनालाई निर्वाचित गरेको थियो भने भेलाको संचालन नेकपा केन्द्रीय सदस्य सागर सीले गरेका थिए भने पोलिट व्युरो सदस्य नविनले प्यानल प्रस्ताव पेश गरेका थिए ।

    प्रतिकृया दिनुहोस्