News Portal

रसुवामा आएको बाढीप्रति प्रचण्डको गहिरो दुःख:- उद्धारमा सक्रिय सहभागिता रहन नेता-कार्यकर्तालाई निर्देशन

जनगर्जन संवाददाता२०८२ आषाढ २४
१३ पटक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवामा आएको भीषण बाढीले पुर्‍याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक खटिन निर्देशन दिएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष प्रचण्डले भोटेकोशी नदीमा मंगलबार बिहान आएको बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुलसहितका महत्वपूर्ण संरचनाहरूमा गम्भीर क्षति पुगेको उल्लेख गरेका छन्।


‘प्राकृतिक विपत्तिको यो विषम परिस्थितिमा सरकारले उद्धार, राहत तथा बेपत्ताको खोजीका लागि सबै संयन्त्रहरू तत्काल र प्रभावकारी रूपमा परिचालन गर्नुपर्छ,’ प्रचण्डले भनेका छन्, ‘प्राकृतिक विपद्को विषम परिस्थितिमा सरकारले उद्धार, राहत  र बेपत्ताको खोजीका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न म जोडदार माग गर्दछु ।’

उनले हाल मौसमविद्हरूले औसतभन्दा बढी वर्षाको चेतावनी दिइरहेको सन्दर्भमा थप सतर्कता अपनाउन सरकारलाई आग्रह गर्दै विपद् जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने बताए।

प्रचण्डले सम्पूर्ण सरकारी निकायहरू, राजनीतिक दलहरू, संघ–संस्थाहरू तथा आम नागरिकलाई एकजुट भएर विपद्को घडीमा मानव सेवामा जुट्न अपिल गरेका छन्।

प्रतिकृया दिनुहोस्