News Portal

त्रिशूली नदीको बीचमा फसेका दम्पतीको हेलिकप्टरमार्फत सकुशल उद्धार

जनगर्जन संवाददाता२०८२ आषाढ २४
२२ पटक

नुवाकोट, बिदुर । नुवाकोटको बिदुर नगरपालिका–१ त्रिशूली बसपार्क नजिकै त्रिशूली नदीको बीच भागमा फसेका एक दम्पतीको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ।

बिदुर–१ लभडाँडा मिलनचौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी ६२ वर्षीया पत्नी मंगली तामाङको सोमबार हेलिकप्टरको सहयोगमा उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले जनाएको छ।

प्राधिकरणका अनुसार उनीहरू दाउरा संकलनका लागि त्रिशूली नदी किनारतर्फ गएका थिए। सोही क्रममा एक्कासि आएको बाढीले नदीको बीचमा फसेपछि उनीहरू रुख चढेर ज्यान जोगाइरहेका थिए।

घटनापछि सुरक्षाकर्मी र उद्धार टोली परिचालन गरिए पनि बढ्दो बाढीका कारण स्थलगत उद्धार सम्भव नभएपछि हेलिकप्टरमार्फत उद्धार गर्नुपरेको थियो। करिब दुई घण्टाको प्रयासपछि उनीहरूलाई सकुशल उद्दार गरिएको हो।

हाल दुवै जना सुरक्षित अवस्थामा रहेको प्राधिकरणले जनाएको छ।

प्रतिकृया दिनुहोस्